Incident Reports

विवाह गर्न अस्विकार गरेको भन्दै युवतीमाथि खुकुरी प्रहार, आरोपित गिरफ्तार – इन्सेक

2021-10-11

Sudurpashchim, Achham, Sanphebagar, Ward 6

साँफेबगर नगरपालिका–६ भागेश्वरकी २१ वर्षीया शैलजा आउजीलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका २२ वर्षीय विजय आउजीलाई असोज २४ गते घरबाटै गिरफ्तार गरेको छ ।आफुसँग विवाह गर्न नमानेको भन्दै आरोपित विजयले असोज २३ गते राती घरमै आएर युवतीमाथि खुकुरी प्रहार गरी हत्या प्रयास गरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले असोज २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी तुलसीराम अर्यालले बताउनु भयो ।खुकुरी प्रहारबाट गर्धन र पिठ्युमा गहिरो घाउ लागेकी सैलजाको वयलपाटा अस्पतालमा उपचार भइरहेको साँफेबगर नगरपालिका–६ भागेश्वरका वडाध्यक्ष प्रेमबहादुर शर्माले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments

Related Reports