Incident Reports

प्रदर्शनकारीको आक्रमणबाट पत्रकार घाइते – इन्सेक

2021-10-11

बुटवल उपमहानपा–१७ मोतीपुर औद्योगिक क्षेत्रमा असोज २४ गते भएको घटनामा समाचार सङ्कलनका लागि गएका पत्रकारमाथि आक्रमण भएको छ ।सुकुम्बासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने प्रदर्शनकारीहरूले तिलोत्तमा नपा–४ विष्णुपुर स्थायी घरभई लुम्बिनी टेलिभिजन बुटवलमा कार्यरत २५ वर्षीय दिनेश ज्ञवाली (विश्व) माथि आक्रमण गरेका हुन् ।

प्रदर्शनकारीको आक्रमणबाट ज्ञवालीको टाउको र हातमा गहिरो चोट लागेको छ । पाण्डेको टाउकोमा पाँच ओटा टाँका लगाइएको छ भने शरीरभरी निल डामहरू रहेको लुम्बिनी टेलिभिजनका महासचिव दिनेश पाण्डेले फोनमार्फत बताउनुभयो ।

पत्रकार ज्ञवालीको टाउको र हातमा गहिरो चोट लागेकाले बुटवल अस्पताल प्रालिमा पहिलो चरणको उपचार गरी सिटीस्क्यान लगायतका उपचारका लागि असोज २४ गते साँझ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल लगिएको थियो ।

पत्रकार ज्ञवालीलाई झडपको भिडियो किन खिचेको भन्दै प्रदर्शनकारीले कुटपिट तथा लछारपछार गरेको पीडितको भनाइ छ ।

‘प्रेस हो भनेर कार्ड देखाउँदादेखाउँदै म माथि जाइलागे । म भाग्दा लडेँ । मेरो मोवाइल पनि लगे । त्यो भिडले मलाई के गथ्र्यो तर दुई जनाले थप कुटपिट हुनबाट बचाएर म अहिले यो ठाउँमा छु ।’–घाइते ज्ञवालीलाई उद्घृत गर्दै टेलिभिजनका महासचिव पाण्डेले फोनमार्फत भन्नु भयो ।

पाण्डेका अनुसार घाइते भई उपचार गराइरहेका पत्रकार ज्ञवाली अस्पतालबाट असोज २४ गते नै डिस्चार्ज भएको बताउनुभयो ।

झडपमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका सदस्य सुरेश परियार, खस्यौली एफएममा कार्यरत सञ्चारकर्मी कृष्ण पाण्डेलाई पनि आक्रमण गरेको तर उनीहरू भागेकाले घाउचोट नलागेको पाण्डेले बताउनु भयो । प्रहरी र प्रदर्शनकारीले समाचार सङ्कलनमा रोक लगाएको पत्रकारहरूको आरोप छ ।

झडपका क्रममा पत्रकार तथा सञ्चारकर्मी माथि भएको आक्रमण र दुर्व्यवहारप्रति नेपाल पत्रकार महासङ्घ रुपन्देहीले गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

महासङ्घका सचिव विनोद परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वतन्त्रतापूर्वक जनतालाई सुसूचित गराउन फिल्डमा रिपोर्टिङ गर्न गएका पत्रकारमाथि प्रहरी र सर्वसाधरणले सञ्चारकर्मीलाई आतङ्कित पार्दै रिपोर्टिङ गर्नमा लगाइएको रोक, आक्रमण र दुव्र्यवहारको कडा शब्दमा भत्र्सना गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन महासङ्घ जोडदार माग गरेको उल्लेख छ ।

घटनाका विषयलाई लिएर प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रगतिशील पत्रकार सङ्घ लगायतका सङ्गठनले विज्ञप्ति जारी गरेर घटनामा पत्रकारमाथि भएको दमनको घोर भत्र्सना गरेका छन् ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments