Incident Reports

नावालिका बलात्कार गर्ने विरुद्ध उजुरी दर्ता l

2014-08-03

Province 1, Jhapa, Mechinagar

Arjun Basnet झापा । ०७१ साउन २० गते ६ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा बाहुनडाँगी गाविस -१ का ७५ वर्षीय हर्कबहादुर दर्जीविरुद्ध ०७१ साउन २० गते इलाका प्रहरी कार्यालय काकरभिट्टामा उजुरी दर्जा भएको छ । घटनाविवरण अनुसार आरोपित दर्जीले पीडित बालिकालाई ०७१ साउन १८ गते बिहान बलात्कार प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका असई नवराज थापाले बताएका छन् । आजै बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल परीक्षण भएको असई थापाले बताए । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको उनले बताएका छन् । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis