Incident Reports

कैलालीमा भैंसी चोरेको आरोपमा पक्राउ परेका व्यक्ति प्रहरी हिरासतमा मृत फेला – Online Khabar

2021-10-10

२५ असोज, धनगढी । कैलालीमा एक युवक प्रहरी हिरासतभित्रै मृत अवस्थामा फेला परेका छन् । आइतबार भैंसी चोरी गरेको आरोपमा पक्राउ परेका सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर राना इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतको शौचालयमा सोमबार बिहान मृत फेला परेका हुन् ।

प्रहरी हिरासतभित्रको शौचालयको भेन्टिलेसनमा राना झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

उनकाअनुसार जानकी गाउँपालिका–३ तोरैयापुरका स्थानीय किसान पुलुराम थारुको भैंसी चोरी गरेर लैजाँदै गरेको अवस्थामा लम्कीचुहा नगरपालिका–५ थापापुरमा फेला पारेर रानालाई प्रहरीको जिम्मा लगाइएको थियो । घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएका बेला उनले हिरासतमै आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


National/Online Media

0 Comments