Incident Reports

घरभित्रै मृत फेला परे पूर्णबहादुर, हत्या आशंका :: Setopati

2021-10-10

Lumbini, Rolpa, Rolpa, Ward 6

रोल्पामा एक व्यक्ति मृत फेला परेका छन्। रोल्पा नगरपालिका वडा नं. ६ दारबोटका ५६ वर्षीय पूर्णबहादुर बुढाको घरभित्र सोमबार बिहान ११ बजे शव फेला परेको हो।जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीले घटना अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर ल्याउन लागिएको बताए।

‘मृतकको घाँटीमा धारिलो हतियारले रेटेको देखिएको छ,’ सुवेदीले भने, ‘नेपालगञ्जबाट कुकुर आउन लागेको हुँदा अहिलेसम्म हामीले घटनास्थल टाढैबाट घेरेर सुरक्षित राखेका छौं।’ कुकुर आइनपुग्दासम्म घटनास्थलमा मानिसको आवातजावात गर्न नदिने उद्धेश्यले प्रहरी पनि टाढै बसेको उनले बताए।हत्या गरिएका व्यक्ति घरमा एक्लै बस्दै आएको खुल्न आएको डिएसपी सुवेदीले बताए।‘दुई छोरा विदेशमा र एक छोरा काठमाडौंमा बस्ने गरेको कुरा खुल्न आएको छ,’ डिएसपी सुवेदीले भने, ‘बुढाका दुई श्रीमती रहे पनि १०/१२ वर्ष पहिले नै मृत्यु भइसकेको खुलेको छ।’हत्या गरिएका व्यक्तिका बुवा/आमा करिब दुई सय मिटर टाढा छुट्टै घरमा बस्दै आएको पनि प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान जारी रहेको डिएसपी सुवेदीले जानकारी दिए।

कैद मिनाहा पाएकाबाटै अर्को हत्या

कर्तव्य ज्यान मुद्धामा अदालती फैसला अनुसार ९ वर्ष जेल जीवन बिताएर घर फर्केका एक पुरुषले जग्गा बिबादका नाममा आफ्नै दाजुको हत्या गरे। २०६४ साल फाल्गुन १६ गते रोल्पा नगरपालिका ९ होमाकी ७२ वर्षीया बृद्धा गला बुढामगरको हत्या गरेका रोल्पा नगरपालिका ६ का ४७ वर्षीय अमराज बुढाले २०७८ असोज २४ गते राती सहोदर दाइ ५६ वर्षीय पुर्णबहादुर बुढाको हत्या गरेका थिए।

एकपटक हत्या गरेर जेल जीवन बिताएका अमराजले फेरि अर्को हत्या गरेका हुन्। सुधार गृह भनेर पनि परिभाषित गरिएको जेल जीवनले उनी र उनीजस्ता अन्यमा किन परिवर्तन आउँदैन?अनुसन्धान गर्नु पर्ने देखिन्छ । अर्कोतिर ज्यान मारेको व्यक्तिलाई सरकारले गणतन्त्र दिवसका अवसरमा २०७३ जेठ १५ गते कैद मिनाहा गर्दै कारागार मुक्त गरेको तुलसीपुर कारागारको अभिलेखमा देखिएको छ।

सरकारले विभिन्न दिवसमा कैद मिनाहा गर्दा पहुँच र आफनो भोट निकटताको आधारमा सिफारीस गर्ने गरेको परिणाम पुर्णबहादुरको हत्या भएको हो। एक उच्च प्रहरी अधिकारीका अनुसार सरकारी तवरबाट हचुवाका भरमा कैद मिनाहा गर्दा समाजमा अपराध दोहोरिएको घटना यो पहिलो पनि हैन।

भर्खरैको कांग्रेस वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका पुर्णबहादुरको घाँटी रेटेर हत्या भएको घटनाले जिल्लास्थित सुरक्षा निकायलाई मात्र नभएर सिंगो प्रहरीका लागि चुनौती थपेको थियो।

लुम्बीनी प्रदेशका प्रहरी प्रमुख डिआईजी मुकुन्दराज आचार्यले भने, ‘जिल्लास्थित प्रहरीबाट खबर आएपछि गहिरो अनुसन्धान गर्न निर्देशन दिए। अनुसन्धान फितलो नहोस् भनेर कुकुर पठाउने निर्णय गरियो। कुकुरको सहायताले मृतकको भाइलाई पक्राउ गरेका हौं।’

हत्याको खबर पाएसँगै तत्काल घटनास्थल पुगेर घटना हेरेका रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार अघिल्लो दिन नै शंकाको घेरामा परेका अमराजको घर कुकुरले पच्छ्याउँदै गएको थियो। आरोपितको बिगत सुनेको रोल्पा प्रहरीलाई तालिम प्राप्त कुकुरले पनि अनुसन्धानमा सजिलो बनायो भने हत्या गरेका अमराजले पनि आफूले दाइलाई जग्गा बिबादका कारण मारेको स्वीकार गरे।

लुम्बिनी प्रदेशमा देखिएका समग्र अपराधबारे आचार्य भन्छन्, ‘मान्छेको सोचाई अनुसार प्रवृत्ति फरक हुन्छ। आपराधिक प्रवृत्ति हावी भएको देखिन्छ। पछिल्लो समय आफन्तीबाटै आफन्त असुरक्षित भएका घटनाहरु पर्याप्त पाइन्छ।’ उनी भन्छन्, ‘जबरजस्ती करणी, सम्पत्ती बिबाद, बैदेशिक रोजगारीको रकम दुरुपयोग, मदिरा सेवन जस्ता कारण अपराध बढेको छ।’

प्रहरीका अनुसार सामाजिक अपराध न्युनीकरण गर्न प्रहरीसँगै स्थानीय सरकारले सचेतना जगाउन विभिन्न भूमिका खेल्न सक्छ। तर यतिबेला तिनवटै तहका सरकारहरु सत्ता, आर्थिक आर्जन र अबको चुनाबको तयारी भन्दा बाहिर निस्कन सकेका छैनन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports