Incident Reports

शाहलाई मन्त्री नबनाएको विरोधमा जसपाका आफ्नै कार्यकर्ताले गरे पार्टी कार्यालय घेराउ – देशसञ्चार

2021-10-11

Bagmati, Kathmandu, Kathmandu, Ward 32

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन्।सोमबार बालकुमारीस्थित जसपाको केन्द्रिय पार्टी कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै प्रदर्शन गरेका हुन्।उनीहरुले जसपाबाट चारजना मन्त्री बन्दा पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पार्टी अध्यक्ष उपेन्द यादवको राजीनामा समेत माग गरेका छन्।प्रदर्शनमा समाजवादी विद्यार्थी यूनियन पर्सा जिल्लाका युनियन अध्यक्ष राजबाबु राकीले पार्टी अध्यक्ष उपेन्द्र यादवले पर्सावासीलाई धोका दिएको बताए।

पर्सामा लगातार बिरोध प्रदर्शन गर्दै आएका कार्यकर्ताहरुले सांसद यादवलाई मन्त्री नबनाएको भन्दै बिरोध गर्दै आएका हुन्।उनीहरुले आज जसपाको केन्द्रिय कार्यालयमै प्रदर्शन गरेका हुन्। बलिदानको कदर नगर्ने नेता चाहिँदैन, हाम्रो बलिदान र संघर्ष खेर जान दिँदैनौँ जस्ता नारा लगाएका थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Janata Samajbadi Party
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments