Incident Reports

कुटपिटबाट पत्नीको मृत्यु, पति पक्राउ | Ratopati

2021-10-16

Bagmati, Rasuwa, Naukunda, Ward 5

घरायसी विषयमा झै-झगडामा  कुटपिट हुँदा रसुवा नौकुण्ड  गाउँपालिका-५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको मृत्यु भएको छ । घटनामा प्रहरीले उनको पतिलाई पक्राउ गरेको छ ।

आपसी झगडामा उनकै पति ७८ वर्षीय बुद्धीबहादुर गमदानले शनिबार बिहान कान्छीमायालाई लात्ती प्रहार गर्दा पिँडीबाट आँगनमा बजारिन गई गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाएकोमा उपचारको क्रममा शनिबार बेलुकी उनको मृत्यु भएको हो । कुटपिटमा संलग्न बुद्धीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments