Incident Reports

बलात्कार आरोपित ८ पक्राउ

2021-10-16

सिन्धुली — तीन जना किशोरीको सामूहिक बलात्कार आरोपमा ८ जना पक्राउ परेका छन् । बलात्कारपछि आरोपितलाई भगाउन सघाएको भन्दै थप ६ जनालाई समेत पक्राउ गरी सिन्धुली प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।पक्राउ पर्ने आरोपितमा कमलामाई–५ बोजेका २० वर्षीय दीपक मगर, २३ वर्षीय अर्जुन मगर, २३ वर्षीय धनबहादुर बम्जन, २१ वर्षीय मिलन लामा र आकाश मगर छन् । बलात्कार गरेर फरार रहेका उनीहरूलाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरिएको सिन्धुली एसपी गोविन्द थपलियाले बताए । अन्य आरोपितहरू हेम लामा, शिव मगर र विवेक मगर यसअघि नै पक्राउ परेका थिए । विश्व राई भने फरार छन् ।

किशोरीका आफन्तले प्रहरीमा दिएको जाहेरीअनुसार आफन्तकहाँ दसैंको टीका लगाएर फर्किने क्रममा असोज ३० को राति कमलामाई–५ को लब्दाहखोला पुलमुनि किशोरीहरू बलात्कृत भएका थिए । उनीहरूको उमेर १५, १६ र १७ वर्ष रहेको थपलियाले बताए ।

‘एक किशोरीलाई पाँच जनासम्मले लगातार बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ ।

आरोपितलाई भगाउन मतियार भई सहयोग गर्ने कमलामाई–५ बोजेकै सञ्जीव मगर, प्रेम श्रेष्ठ, शिव देवकोटा, सुमन थापा, मेघबहादुर श्रेष्ठ र ईश्वर आलेलाई समेत पक्राउ गरिएको थपलियाले जानकारी दिए । उनीहरूलाई भगाउन प्रयोग भएको स्कार्पियो गाडी र दुई वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 3
Female Raped 3
Youth Raped 3
INSEC

0 Comments