Incident Reports

प्रेमीसँग मिलेर श्रीमानको हत्या – देशसञ्चार

2021-10-16

Sudurpashchim, Kailali, Dhangadhi, Ward 7

धनगढी – सुदूर पश्चिम प्रदेशको राजधानी धनगढीमा एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन्।

कैलालीको धनगढीमा मृतक फेला परेका युवकको हत्या आरोपमा चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय रमेश चौधरीको हत्या भएको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार शुक्रबार साँझ घरबाट निस्किएका रमेश शनिबार बिहान घर नजिकको खुटिया खोलाको छेउमा रहेको चौरमा मृत अवस्थामा भेटिएका थिए।

प्रहरीका अनुसार रमेशकी श्रीमती र स्थानीय विष्णु चौधरीबीच प्रेम सम्बन्ध थियो। सोही विषयमा विवाद बढ्दै गएपछि प्रेमी विष्णुसँगै मिलेर श्रीमानको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए।

विष्णु पनि विवाहित हुन्। प्रहरीले पक्राउ गरेका अन्यको नाम भने खुलाइएको छैन। घटनाको विवरण आजै सार्वजनिक गर्ने प्रहरीको तयारी छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports