2021-10-18
Province 1, Solukhumbu, Solududhakunda, Ward 6
सोलुखुम्बु – सोलुखुम्बुको मिड सोलु हाइड्रोपावरले प्रयोग गरेको जेसीबी मेसिनमा अज्ञात समूहले आगजनी गरेका छन् । सोलु दुधकुण्ड नगरपालिका ६ मा रहेकाे मिड सोलु हाइड्रोपावरको कार्यक्षेत्रमा पार्किङ गरिराखेको प्रदेश ३–०१००३ प्र.७०४८ नम्बरको जेसीबी मेसिनमाथि अज्ञात समूहले आगजनी गरेकोे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
गत मंगलबार हाइड्रोपावरले कार्यक्षेत्रमै पार्किङ गरि राखेर अपरेटर दशैँ मनाउन घर गएको समयमा आगजनी भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी ओम प्रकाश यादवले जानकारी दिनुभयो ।
सोलु दुधकुण्ड नगरपालिका ६ का दिलकुमार बस्नेतको याे जेसिबी मेसिन संगीता कन्स्ट्रक्सन काठमाण्डौको नाममा रहेको खुल्न आएको छ । आगजनीबाट पूर्ण रुपमा क्षतिग्रस्त बनेको मेसिनको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
करिब सात महिना देखि हाइड्रोपावरले प्रयोग गर्दै आएको जेसीबी कुन दिन आगजनी भएको हो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । आइतबार मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको यस घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कट्वालले बताउनुभयो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Arson |
Weapons | Fire |
Primary Cause | Unclear |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Unclear |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Private company |
Actor 2 - Youth | na |
Totally damaged Vehicles | 1 |
Severely damaged Vehicles | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance