2021-10-15
Karnali, Rukum West, Musikot, Ward 1
रुकुम पश्चिम — जिल्ला सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन् । शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए । घाइते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको थियो । त्यहाँपनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको उनले जानकारी दिए ।
उनको तल्लो भागका तीन वटा दाँत झरेको र माथिल्लोपट्टीकाे एउटा दाँत हल्लिएको र टाउकोमा गम्भिर चोट शाहीले बताए । त्यसैगरी प्रहरी हवल्दार कालीबहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाडमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट लागेको छ । अन्य चार जना प्रहरी कर्मचारीहरू पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार राती पौने नौ बजे मुसिकोट नगरपालिका–१ स्थित बागबजार नजिकै छेउमा पार्किङ्ग गरी राखेको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त टोली परिचालन गरिएको थियो । उक्त टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी नै ढुंगामुढा र बोतल समेत प्रहार गरेपछि मुठभेडको अबस्था सिर्जना भएको थियो ।
घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुसीकोट नगरपालिका– ५, का २० वर्षीय नरेश पुनमगर, १ नम्बर वडाका १८ वर्षीय राजनप्रकाश गिरी, सोहि वडाका २० वर्षीय आकाश परियार पक्राउ परेका छन् । त्यस्तै रुकुम पूर्वको भुमे गाउँपालिका घर भई हाल मुसीकोट नगरपालिका ५ बस्ने २३ वर्षीय मर्कुश पुन मगर, मुसिकोट नगरपालिका–१०, का २४ वर्षीय खडानन्द केसी, मुसीकोट नगरपालिका–१, का २५ वर्षीय हरिबहादुर घर्ती पनि पक्राउ परेका छन् । यसैगरी घटनामा संलग्न धनिराम नेपाली र स्वयल विक फरार रहेको प्रहरीले जनाएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Group Clash |
Secondary Form | Vandalism |
Weapons | Blunt weapon , Other |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 8 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 7 |
Actor 2 - Affiliation (Target) | Police |
Actor 2 - Youth | unknown |
Total Injured | 7 |
Female Injured | n/a |
Youth Injured | n/a |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance