Incident Reports

श्रीमानश्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु – देशसञ्चार

2021-10-17

Province 1, Terhathum, Chhathar, Ward 3

तेर्‍हथुम – तेर्‍हथुमको छथर गाउँपालिकामा पारिवारिक झगडामा श्रीमान्को मृत्यु भएको छ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राती करिब ९ बजे गाउँपालिका ३ ज्यामिरेका गोविन्दबहादुर लिम्बूको पारिवारिक झगडामा मृत्यु भएको हो।

राति लिम्बू र उनकी ५२ वर्षीया श्रीमती भक्तकुमारीबीच कुटाकुट भएको थियो। घटनापछि प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा राति दुवैजनाबीच मादकपदार्थ सेवन गरेपछि झगडा परेको थियो।

घरमा मादकपदार्थ सेवन गरी झगडा भएको र कुटाकुट हुँदा श्रीमान गोविन्दबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रीमती भक्तकुमारी गम्भीर घाइते भएकी छन्। घाइते भक्तकुमारीलाई बिहान करिब पौने १ बजे उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई भर्ना गरिएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports