Incident Reports

थाहा खबर: गुल्मीमा छोराद्वारा बाबुमाथि खुकुरी प्रहार

2021-10-18

Lumbini, Gulmi, Dhurkot, Ward 4

गुल्मी :  गुल्मीमा सोमबार छोराले बाबुमाथि खुकुरी प्रहार गरी फरार भएका छन्।जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ रातपोखरा बस्ने ५५ वर्षीय हरिबहादुर घर्तीलाई २९ वर्षीय छोरा राजेन्द्र घर्तीले खुकुरी प्रहार गरी घाइते बनाई भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।बाबुछोराको सामान्य घरायसी झगडामा छोराले बाबुलाई खुकुरी प्रहार गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।बाबुका टाउकोमा चोट लागेकाले गुल्मी अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने छोराको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports