Incident Reports

दक्षिणकालीमा शंकास्पद अवस्थामा एक जना मृत फेला, हत्याको आशंका - उपत्यका - कान्तिपुर समाचार

2021-10-19

Bagmati, Kathmandu, Dakshinkali, Ward 6

काठमाडौँ — दक्षिणकाली नगरपालिका–६ कमलपोखरीस्थित स्थानीय हरिकृष्ण श्रेष्ठको गोठमा काम गर्ने अन्दाजी ५० वर्षीय गोजे राई शंकास्पद अवस्थामा मृत फेला परेका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलका अनुसार मृतक राईको टाउकोमा गहिरो चोट छ । मंगलबार बिहान गोठको खाटमै रगताम्य अवस्थामा राईको शव फेला परेको प्रहरीले जनाएको छ । राईको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतकसँगै बस्ने पासाङ शेर्पा फरार छन् । घटनाको विषयमा अनुसन्धान भईरहेको डीएसपी पोखरेलले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports