Incident Reports

अज्ञात पक्षद्वारा जेसीबीमा आगजनी – इन्सेक

2021-10-20

Province 1, Solukhumbu, Solududhakunda, Ward 6

सोलु खोलामा निर्माणाधीन मिड सोलु हाइड्रोपावरले प्रयोग गरेको जेसीबीमा अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।सोलुदूधकुण्ड नगरपालिका–६ मा हाइड्रोपावरको कार्यक्षेत्रमा पार्किङ गरीराखेको प्रदेश ३–०१००३ प्र.७०४८ नम्बरको जेसीबीमा अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।असोज २६ गते कार्यक्षेत्रमै पार्किङ गरी अपरेटर दशैँ मनाउन घर गएको समयमा आगजनि भएको भएपनि कहिले आगजनि भयो भन्ने एकिन हुन बाँकी रहेको इन्स्पेक्टर यादवले बताउनु भयो ।

आगजनी भएको जेसीबी सोलुदूधकुण्ड नगरपालिका–६ का ३५ वर्षीय दिलकुमार बस्नेतको भएको र सङ्गीता कन्स्ट्रक्सन काठमाण्डौँको नाममा रहेको प्रहरीले जनाएको छ ।जेसीबीमा आगजनी भएको विषयमा असोज ३१ गते मात्रै प्रहरीलाई जानकारी प्राप्त भएकाले घटनाको विषयमा अनुसन्धान थालिएको डिएसपी कवित कट्वालले बताउनु भयो ।आगजनीबाट कति मूल्य बराबरको क्षति भयो भन्ने विषयमा यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments

Related Reports