Incident Reports

बालिका बलात्कारको आरोपमा गिरफ्तारl

2014-08-05

Province 1, Bhojpur, Shadananda

Kiran Rai भोजपुर । ०७१ साउन २० गते पाँच वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा तुङ्गेछा गाविस-१ का १९ वर्षीय सुजन जोगीलाई प्रहरीले साउन २० गते गिरफ्तार गरेको छ । साउन १६ घरमा कोही नभएको बेला खेलरहेकी बालिकालाई आफ्नो घरमा लगेर आरोपितले बलात्कार गरेको पीडित पक्षको भनाइ छ । पीडितको साउन १६ गते प्राथमिक स्वास्थ्य केन्द्र दिङलामा स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपितलाई प्रहरीले घरैबाट गिरफ्तार गरेको थियो । आरोपितविरुद्ध पीडितको आफन्तले साउन १६ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिए । आरोपितलाई जबर्जस्ती करणी महलअर्न्तर्गत म्याद थप गरी मुद्दा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । किरण राई

0 Comments

Related Reports
Related Trend Analysis