Incident Reports

धनुषामा धर्नामा बसेका जनमत पार्टीका कार्यकर्ता पक्राउ – Online Khabar

2021-10-21

Madhes, Dhanusha, Janakpur

४ कात्तिक, जनकपुरधाम । नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुखलाई कपडा च्यातेर जनकपुरधाममा घुमाएपछि पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीका नेता/कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, धनुषा अगाडि धर्ना दिएका छन् । धर्नामा बसेका सो पार्टीका कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बस्नेक्रममा ३० जना कार्यकर्ता पक्राउ परेको सो पार्टीले जनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्ने १० जनालाई पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । धर्नामा बसेकालाई भने छलफलका लागि भित्र बोलाइएको उनको भनाइ छ ।

बिहीबार दिउँसो लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत पार्टीका कार्यकर्ताले निमित्त कार्यालय प्रमुख राजेश्वर कुशवाहालाई नियन्त्रणमा लिएर पैदल हिँडाएर जनकपुरधाम उपमहानगरपालिकासम्म लगेका छन् । सो क्रममा कार्यालय प्रमुख कुशवाहाको शरीरमा हिलो छ्याप्दै उनको सर्ट समेत जनमत कार्यकर्ताले च्यातिदिएका थिए ।

बाटो खनेर काम अगाडि नबढाएको सन्दर्भमा पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नदिएपछि कार्यालय प्रमुखलाई नगर घुमाएको जनमत पार्टीले बताएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments