Incident Reports

सामूहिक बलात्कार प्रकरण: पीडितलाई मुद्दा फिर्ता लिन दबाब

2021-10-17

Gandaki, Myagdi, Beni, Ward 5

बेनी : म्याग्दीको बेनी नगरपालिका-५ मा सामूहिक बलात्कृत भएकी महिलाका आफन्तले मुद्दा फिर्ता लिन पीडकपक्षलाई दबाब दिएको गुनासो गरेका छन् । पीडकले आर्थिक प्रलोभनमा पारेर जाहेरी फिर्ता गराउन दबाब दिएको पीडितका आफन्तले गुनासो गरेका हुन् ।

कात्तिक २ गते (मंगलबार) राति भएको घटनाका पीडितले चार दिनपछि शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी जाहेरी दिएकी थिइन्। सुतिरहेको अवस्थामा झ्यालबाट छिरेर तीनजनाले डरधम्की देखाएर बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

जाहेरीका आधारमा पीडितको स्वास्थ्य परीक्षण गरि अदालतमा मुद्दा दर्ताका साथै घटनास्थलमा पुगेर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताए । ‘पीडितको जाहेरी आउने वित्तिकै अनुसन्धान प्रक्रियासँगै अघि बढाएको छौं,' उनले भने, 'संलग्नहरुको खोजीमा प्रहरी परिचालन भएको छ।’ घटनालाई संवेदनशील र गम्भीररुपमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै प्रनाउ राइले अपराधीलाई उम्कन नदिने र पीडितलाई न्याय दिलाएरै छाडिने विश्वास दिलाए।

अनुसन्धान प्रभावित हुने भएकाले सामूहिक बलात्कारमा संलग्नको नाम प्रहरीले सार्वजनिक गरेको छैन्। पीडित र प्रत्यक्षदर्शीको सुरक्षातर्फ पनि प्रहरी सचेत तथा संवेदनशिल रहेको प्रनाउ राइले बताए । पीडितलाई दबाब र आर्थिक प्रलोभनमा पारेर कानुनी र अनुसन्धानलाई प्रभावित बनाउन तथा विषयान्तर गराउन खोजिएको भन्दै अधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Youth Raped n/a
National/Online Media

0 Comments