Incident Reports

अफगानिस्तानलाई ‘नरक’ बन्नबाट बचाउन आग्रह गर्दै शान्ति समाजको प्रदर्शन « News24 : Premium News Channel

2021-10-24

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडाैँ । संयुक्त राष्ट्रसंघ स्थापना दिवस २४ अक्टोवरका अवसरमा कात्र्तिक ७ गते मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षणका लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघलाई आग्रह गर्दै माइतीघर मण्डलामा धर्ना/प्रदर्शन गरेको छ । धर्नामा ‘राष्ट्रसंघ : अफगानिस्तानलाई नरक हुनबाट बचाउ’, ‘तालिवानको शासनमा मानव अधिकार कहाँ छ ?’, ‘तालिवानको शासनमा स्वतन्त्रता कहाँ छ ?’, ‘तालिवानको पहिचान : महिलाको अपमान’, ‘तालिवानको शासनमा असुरक्षित महिला’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

धर्ना प्रदर्शनमा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिव नम्रता खरेल, अपिल समिति संयोजक बलबहादुर गाहा मगर, काठमाण्डौ शाखा का.वा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत, पूर्व केन्द्रीय कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, पूर्व केन्द्रीय सदस्य गीता तिमल्सिना लगायत अधिकारकर्मीहरुको सहभागिता थियो ।

यसैगरी संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा कात्र्तिक ७ गते शान्ति समाजका चितवन, दाङ, रुपन्देही शाखाहरुले प्रदर्शन गरेका छन् । वुटवलमा आयोजित प्रदर्शनमा केन्द्रीय सभापति गोविन्द खनालले तालिवानी शासन क्रुरताको पर्याय भएको बताउँदै अफगानीस्तानका नागरिकको मानव अधिकार रक्षाका लागि राष्ट्रसंघले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

द्वितिय विश्वयुद्धको समाप्ती लगत्तै १९४५ अक्टोवर २४ को दिन संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउने उद्देश्यले स्थापित संयुक्त राष्ट्रसंघलाई विश्व शान्तिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न मानव अधिकार तथा शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations HRD
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth unknown
National/Online Media

0 Comments