Incident Reports

भाईसंग बैंगलोरमा झगडा गरे, बैतडी आएर दाईलाई रड हाने : RajdhaniDaily.com

2021-10-23

Sudurpashchim, Baitadi, Dogadakedar, Ward 2

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लाढिकका ४५ बर्षिय इश्वरीदत्त जोसी ४ कात्तिकमा मरणासन्न हुनेगरी कुटिए । उनलाई घरायसी बिवादमा स्थानीय केशवराज जोसीका छोराहरु २० बर्षीय रामदत्त जोसी र १८ बर्षीय तिलक जोसीले कुटपिट गरेका हुन् ।कुटपिटबाट गम्भीर घाइते भएका इश्वरीदत्तको अहिले धनगढी स्थीत माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । कुटिएका व्यक्तिको उपचार सुरु भएपनी स्वास्थ्यका सुधार आएको छैन् भने, पिडक पक्ष विरुद्ध उजुरी परेको छैन् ।

गम्भीर घाइते इश्वरी दत्तको अहिले सम्म दुई पटक अप्रेसन गरिए पनि सफल नहुदाँ उनि अझै होसमा नआएको उनका ठुलाबुवाका छोरा नरेन्द्रदत्त जोसीले बताए ।कुटपिट गर्ने रामदत्त र तिलकका जेठा दाई संग इश्वरीदत्तका भाइहरु भारतको बेङ्गलोरमा काम गर्दथे । भारतमा रहेका उनीहरु बीच मदिरा सेवन गर्दा झगडा भएको थियो । त्यहि रिसिबिलाई लिएर रामदत्त र तिलक फलामको रड बोकेर इश्वरीदत्तको घरमा पुगे घरायसी काम गरिरहेका उनलाई पछाडीबाट टाउकोमा हिर्काउदाँ उनि गम्भीर घाइते भएका हुन् ।

घाइते भएका उनि कपडाले टाउको बाँधेर १ घण्टा उकालो बाटो हिडेर स्वास्थ्यचौकी सम्म पुगे । संगै घटना बारे खोचलेक प्रहरीचौकीमा पनि खबर गरे । प्रहरीचौकीमा घाइतेको उपचार गराउने सहमती भएपछि उनलाई जिल्ला अस्पताल पठाइयो । जिल्ला अस्पतालमा समेत उपचार सम्भव नभएपछि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको हो ।झगडाका क्रममा पिडक रामदत्तलाई पनि चोट लागेको र दुवैजनाको संगै उपचार भैरहेको प्रहरीले जनाएको छ । तर पिडक रामदत्तको उपचार नभइरहेको इश्वरी दत्तका भाई नरेन्द्रदत्त जोसीले बताए ।

उनले भने ‘मन्दिरका पुजारी समेत रहेका गौरीदत्त जोसीको निर्देशनमा घटना भएको हो । उनले घरायसी झगडामा आफ्ना दुइजना नातिहरुलाई इश्वरीदत्तको घरमा कुट्न लगाएका हुन् । काम गरिरहेको इश्वरीदत्तलाई पछाडीबाट हिर्काउदैँ घाइते बनाए ।’ इश्वरीदत्त घरमै बस्ने सिधासादा व्यक्ति भएको उनले बताए । घटनामा संलग्न दुवै पक्षको घर खोला वारीपारी १५ मिनेटको दुरिमा रहेको छ ।

‘आज ४ दिन भैसक्यो स्वास्थ्य अवस्थामा केहि सुधार आएको छैन् । दाईले कसैलाई पनी चिनिरहेका छैनन्, टाउको, मुख, कम्मर, पेट लगायतका ठाउँमा गम्भीर चोट छ । टाउकोमा १८ टाँका लागेका छन् । दैनिक सवा २ लाख रकम खर्च भैरहेको छ । हालसम्म ७लाख बढीको बिल आइसक्यो । पिडक पक्षका व्यक्ति सम्पर्कमा छैनन् ।’ उनले भने । प्रहरीले पिडित पक्षले उपचार गराउने भने पनि पिडित पक्ष सम्पर्कमा नआएको जोसीले बताए । उनले भने ‘पिट्ने मान्छे एकपटक प्रहरी सहित अस्पतालमा आएको थियो । उल्टै भिरबाट लडेको होला भनेर गयो । पिडितको घरमा कोहि आफन्त नभएकाले प्रहरीमा किटानी जाहेरी पनि दिएको छैन् ।’ घाइते इश्वरीदत्तको छोरा रोजगारीको सिलसिलामा भारतमा छन् ।

प्रहरीले भने दुबै पक्ष आफ्नो सम्पर्कमा रहेकाले पिडक पक्षले आफ्नै खर्चमा उपचार गराइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले भने‘सबैभन्दा ठुलो कुरा मान्छेको ज्यान जोगाउनु हो । उनिहरु आपसी समझदारीमा उपचार गराउन सहमत भएर धनगढी गएकाछन् । उपचारमा आनाकानी गरेमा अवश्य जेल जान्छन् ।’ अपराधी कुनै हालतमा नछुट्ने उनले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports