Incident Reports

हत्या गरी आँगनमै शव गाडेको आरोपमा पक्राउ परे दुई जना :: Setopati

2021-10-05

Bagmati, Sindhupalchok, Melamchi, Ward 10

सिन्धुपाल्चोकमा एक पुरूषको हत्या गरी उनैको घरको आँगनमा गाडेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।मेलम्ची नगरपालिका वडा नम्बर १० सिम्लेफाँट बस्ने नेत्रप्रसाद दाहालको हत्या भएको हो।उनको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकोबारे आइतबार सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर ७ का ३३ वर्षीय कृष्ण मगर र लिशंखुपाखर गाउँपालिका वडा नम्बर ७ बस्ने ३५ वर्षीय छिरीङ तामाङ छन्।

प्रहरीका अनुसार घटना गत असोज २० गतेको हो। बिहान करिब ७ बजे प्रहरीको हटलाइन नम्बरमा फोन आएको थियो। फोनमा स्थानीयले भनेका थिए- नेत्रप्रसादको घरअगाडी आँगनमा दुई खुट्टाका औंला गाडिएको अवस्थामा देखिएका छन्।खबरपछि इलाका प्रहरी कार्यालय मेलम्ची र नवलपुरबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुग्यो। पछि प्रहरी नायब उपरीक्षक दक्ष बस्नेत र प्रहरी उपरीक्षक राजन कोइराला क्रमश: घटनास्थल पुगेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो।

काठमाडौंस्थित केनाइन महाशाखामा समन्वय गरी तालिम प्राप्त कुकुरसहितको टोली पनि खटाइएको थियो।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार देखिएको खुट्टा बालुवामुनी गाडिएको थियो।पछि प्रहरीले बालुवा हटाएर हेर्दा उनी घरधनी समेत रहेका ६३ वर्षीय नेत्रप्रसाद दाहाल थिए। उनी सो घरमा एक्लै बस्थे। उनका छोरा अर्कै घरमा बस्ने गरेका थिए।

घटनास्थलको मुचुल्का तथा प्रमाण संकलण गरी प्रहरीले पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज, भक्तपुर दुवाकोटमा पठाएको थियो। त्यसपछि प्रहरीले घरका छिमेकीहरूसँग सोधपुछ थालेको थियो।त्यहाँबाट तीनदिन अघिदेखि नेत्रप्रसादको घरमा दुई जना अपरिचित व्यक्तिहरू आउने-जाने गरेको खुल्यो। प्रहरीले उनीहरू नै यस घटनामा संलग्न रहेको हुनुपर्ने आशंका सहित अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

प्रहरीले प्ररम्भीक अनुसन्धान गर्दा मृतक नेत्रप्रसादको मोबाइल फोन फेला पारेको थिएन। तर त्यो फोन 'अन' नै थियो। फोनलाई ट्र्याक गर्दै जाँदा प्रहरीले कृष्ण मगरलाई फेला पार्‍यो।'फोनले धेरै सहयोग गर्‍यो। उनले लगेको फोन ट्र्याक गरेर हामीले उनीहरूलाई पक्राउ गर्न सफल भयौं,' बस्नेतले भने।उनलाई प्रहरीले सोही राति ७ बजे मेलम्ची नगरपालिका वडा नम्बर ११ हेलम्बु बसपार्कबाट पक्राउ गर्‍यो।उनीमाथि सोधपुछ गरेपछि प्रहरीले अर्का व्यक्तिको पनि संलग्नता रहेको भन्दै हुलियाको आधारमा खोजी थालेको थियो।

खोज्नेक्रममा प्रहरीले छिरीङलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ नारायणटारबाट असोज २८ गते पक्राउ गरेको थियो।प्रहरीका अनुसार नेत्रप्रसाद सिन्धुपाल्चोकका बाढी-पहिरो पीडित पनि हुन्। बाढीले उनको अर्को घरमा क्षति पुगेको थियो। सो घर भत्काएर नयाँ बनाउन लागेका थिए।उनको घर बनाउने ठेक्का कृष्ण र छिरीङले पाएका थिए। घर बनाउने काम भने असोज २० गतेदेखि नै सुरू गर्ने निर्णय भएको थियो।

साथै ४० हजार पेश्की लिने कुरा भइसकेको थियो। तर कृष्ण र छिरीङले नेत्रप्रसादले कामै नगरी पैसा लिने सोचेका थिए। त्यही सोँचपछि उनीहरूले नेत्रप्रसादलाई लुट्ने योजना बनाएको प्रहरी नायब उपरीक्षक बस्नेले बताए।र योजना स्वरूप उनीहरू असोज १९ गते राति घर गए। त्यहाँ कृष्णले नेत्रप्रसादको टाउकोमा कोदालोले हिर्काएर हत्या गरेको बस्नेतले बताए। हत्यापछि उनीहरू दुबै जना मिलेर घर अगाडि आँगनमा खाल्डो खनेर पुरेका थिए।

तर पुर्नेक्रममा खुट्टाका औंलाहरू देखिएपछि घटना बाहिर आएको थियो। उनीहरूले कामै नगरी पेश्की रकम लुट्ने योजना बनाएपनि घरमा सो नगद नभेटिएको प्रहरीले जनाएको छ।'रातिको समय थियो। उनीहरूले काम नगरी पैसा खाने सोचेका त थिए। तर घरमा फेला पारेनन्,' प्रहरी नायब उपरीक्षक बस्नेतले भने, 'अनि उनीहरूले घर अगाडि पुरे। तर राति भएको हुनाले औंला देखिए। सबै पूर्न सकेनन्।'

छिमेकीहरूले पक्राउ पर्ने कृष्ण र छिरिङ नै केही दिन यता मृतकको घर आइरहेको भन्ने सनाखत गरेका छन्।प्रहरीले घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकबाट हिरासतमा राख्न अनुमति लिई थप अनुसन्धान गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments