Incident Reports

भिडन्तमा दिनेश अधिकारी 'चरी' मारिएको प्रहरीको दाबी l

2014-08-07

Bagmati, Kathmandu, Kathmandu, Ward 24

Vivek Dhungana काठमाडौँ । ०७१ साउन २१ गते चरी उपनामले चिनिने दिनेश अधिकारी साउन २१ गते काठमाडौँको भीमढुङ्गामा प्रहरीसँग भएको दोहोरो भिडन्तमा मारिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर हनुमानढोका अपराध अनुसन्धान महाशाखाकी डिएसपी मीरा चौधरीको कमाण्डमा गोलढुङ्गा पुगेको प्रहरी टोलीसँग दिनेश अधिकारी समूहको दोहोरो भिडन्त भएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । अधिकारीलाई करिब ६ महिना अघि धादिङ क्षेत्र नम्बर १ राधे भण्डारीलाई खुकुरी हानी हत्या प्रयास गरेको अभियोग थियो । अभियोग लागेका अधिकारी प्रहरीको गिरफ्तारीबाट बच्न लामो समयसम्म भारतमा बसी १५ दिनअघि मात्रै काठमाडौँ प्रवेश गरेको सुरक्षा स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनी काठमाडौँ भित्रिए लगत्तै केही व्यापारीहरूलाई फोन गरेर धम्क्याएको सूचना पाएपछि प्रहरीले अधिकारीको खोजी कार्य तीब्र पारेको थियो । अधिकारीको शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । अधिकारीलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको उनको परिवारजनले आरोप लगाएका छन् । घटनाका बारेमा थप जानकारी अर्को समाचारमा राखिनेछ । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis