Incident Reports

आर्थिक हिंसाका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै दुरुत्साहनको उजुरी दर्ता – इन्सेक

2021-10-26

Madhes, Saptari, Rajbiraj, Ward 2

राजविराज नगरपालिका–२ की २४ वर्षीया रुबी साफीलाई उहाँका ससुरा ५५ वर्षीय राजकुमार साफी, सासु ५० वर्षीया मोहिनीदेवी साफी र देवर २७ वर्षीया साजन साफीले दुरुत्साहन गरी आत्महत्या गर्न बाध्य पारेको भन्दै पीडितका बुबा सप्तकोशी नगरपालिका–८ ओद्राहाका ५७ वर्षीय रामकृष्ण साफीले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ८ गते उजुरी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले आत्महत्या दुरुत्साहनको उजुरी दर्ता गरी जिल्ला अदालतबाट पक्राउको अनुमति समेत प्राप्त भएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भएको छ ।

रुबीका पति गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत फार्मेसी सहायक राजन साफीको कोभिड–१९ का कारण ०७७ कात्तिक १९ गते मृत्यु भएपछि सरकारबाट क्षतिपूर्तिस्वरुप राष्ट्रिय बाणिज्य बैङ्कमा जम्मा भएको २५ लाख रुपियाँ र बिमाबापतको जनमुखी सहकारी संस्थामा जम्मा भएको १२ लाख रुपियाँ हात पार्न आरोपितहरुले रुबीलाई निरन्तर शारीरिक र मानसिक यातना दिँदै आएकोले आत्महत्या गर्न बाध्य भएको रामकृष्णले आरोप लगाउनु भएको छ ।

शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोज १९ गते गरिएको छ । आरोपितहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Suicide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments