Incident Reports

ज्यान मार्ने धम्की दिनेविरुद्धको निवेदन प्रहरीले दर्ता गर्न मानेन « News24 : Premium News Channel

2021-10-20

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा ।  ज्यान मार्ने धम्की दिँदै अभद्र व्यवहार गर्नेका विरुद्ध दिईएको निवेदन ३-४ दिन हुँदासम्म पनि जिल्ला प्रहरी कार्यालय कास्कीले दर्ता गर्न मानेको छैन । पोखरा महानगरपालिकाका वित्त व्यवस्थापन महाशाखाका प्रमुख जयराम पौडेलले कार्तिक ३ गते आफूलाई सोही कार्यालयका कानुन अधिकृत नारायण शर्माले सिध्याइदिन्छु भन्दै ज्यान मार्ने धम्की दिएपछि कास्की प्रहरीकोमा निवेदन दिएका थिए ।

पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत महेश बरालकै उपस्थितिमा उनकै कार्यकक्षमा चलिरहेको छलफलका क्रममा कानुन अधिकृत शर्माले पौडेललाई धम्की दिएका थिए । लगत्तै महानगरपालिकामा पौडेलले दोषीमाथि कारवाहीको लागि निवेदन दिए पनि प्रशासकीय अधिकृत बरालले अहिलेसम्म कुनै पनि विभागीय कारवाही पनि गरेका छैनन् ।

यता, महानगरपालिकाका लेखा कर्मचारीहरुले धम्की दिने दोषीलाई कारवाही नगरे सम्पूर्ण आर्थिक कारोबार गर्ने चेतावनी दिँदै ज्ञापन पत्र बुझाएका छन् । प्रमुख प्रशासकीय अधिकृत बराललाई ज्ञापन पत्र बुझाउँदै व्यक्तिगत सुरक्षाको प्रत्याभूति हुने गरी महानगरपालिकाका कानुन अधिकृत नारायण शर्मालाई तत्काल कारवाही प्रकृया अगाडि नबढाएमा सम्पूर्ण आर्थिक कारोबार बन्द गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

महानगरपालिकाका कानुन अधिकृत नारायण शर्माले गत कार्तिक ३ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको कार्यकक्षमा कानुन व्यवसायी कमलप्रसाद अर्यालको विषयमा भएको छलफलका क्रममा वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेललाई रकम भुक्तानी नदिए सिध्याइदिन्छु भन्दै धम्क्याएका थिए । लगत्तै कानुन अधिकृत शर्मालाई कारवाही गरिपाउँ भनी वित्त महाशखा प्रमुख पौडेलले सोही दिन कार्यालयमा निवेदन दिएका थिए । तर हालसम्म पनि कारवाहीको प्रकृया अगाडि नबढेपछि लेखा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

तत्काल दोषीलाई कारवाहीको माग गर्दै आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई १२ जना लेखा कर्मचारीहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।यता, कानुन अधिकृत शर्माले आफूले सिध्याई दिन्छु भनेर ज्यान मार्ने धम्की दिएको तथ्य गलत भएको दावी गर्दै आईरहेका छन् । महानगरपालिकामा यहीँ विषयमा पटक–पटक छलफल चलिरहे पनि पौडेलले शर्मालाई कानुनी कारवाही गर्नुपर्ने भन्दै अडान राख्दै आईरहेका छन् ।तर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बरालदेखि प्रहरी प्रशासनसम्मले कारवाही प्रक्रिया अघि नबढाउँदा माथिबाटै दवाव आएर यो विषयलाई दवाउन खोजिएको भन्दै महानगरपालिकाका कर्मचारीहरुले सम्पूर्ण आर्थिक कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports