Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-25

Lumbini, Rupandehi, Butwal, Ward 11

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १८ वर्षीय दिपलाल कामीलाई कात्तिक ८ गते बुद्धनगरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७८ वैशाख ३ गते बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिएको भन्दै पीडित पक्षले  कात्तिक ७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको डिएसपी मदन कुवँरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments