Incident Reports

बालिका बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार

2021-10-25

Province 1, Solukhumbu, Dudhkoshi

सोलुखुम्बु — सोलुखुम्बुमा एक ५ वर्षीया बालिकामाथि बलत्कार गरेको ओरापमा २२ वर्षीय युवक पक्राउ परेका छन् । थुलुङ दुधकोशी गाउँपालिकाकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय रुपाधन राई गत राति पक्राउ परेका हुन् ।साँझको समयमा घरमा कोही नभएको बेला अभियुक्तले ललाई फकाई गरी बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । बालिका अचानक विरामी भएको थाहा पाए पछि अभिभावकले सोधपुछ गर्दा बालिकाले छिमेकीले बलात्कार गरेको बताएपछि घटना बाहिरिएको हो ।

एक महिनाअघिको घटना भए पनि प्रहरीलाई सोमबार मात्र उजुरी प्राप्त भएको प्रहरी नायव उपरीक्षक कवित कटावलले बताए । ‘उजुरी प्राप्त हुनासाथ गग राति नै हामीले अभियुक्तलाई नियन्त्रणमा लिएका छौँ’ डिएसपी कटवालले कान्तिपुरसँग भने । उनका अनुसार बालिका लगातार विरामी भएपछि गाउँमा अनेक उपचार गर्दा पनि निको नभएपछि बालिका बलात्कृत भएको खुलेको हो ।पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । आरोपित पक्षबाट गाउँमा घटना गुपचुप गराउने प्रयत्न गरिए पनि आफूहरू न्यायका लागि प्रहरी प्रशासनमा अएको पारिवारिक श्रोतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments