Incident Reports

पारिश्रमिकको माग गर्दै मोरङको युनिभर्सल लेदर उद्योगका मजदुर आन्दोलित – Online Khabar

2021-10-26

Province 1, Morang, Katahari, Ward 4

९ कात्तिक, विराटनगर । पारिश्रमिक पाउनुपर्ने माग गर्दै मोरङको कटहरीस्थित युनिभर्सल लेदर उद्योगका मजदुर आन्दोलनमा उत्रिएका छन् । कटहरी गाउँपालिका–४ मा रहेको लेदर उद्योग तीन वर्षयता बन्द थियो । बन्द रहेको उद्योग पुनः सञ्चालनमा आउने भएपछि पारिश्रमिक नपाएका स्थायी कर्मचारीले आन्दोलन शुरु गरेका हुन् ।

उद्योग बन्द भएपछि आफूहरुले सञ्चय कोष र उपदानको रकम नपाएपछि आन्दोलन गर्नु परेको उद्योगका मजदुर महम्मद सफल मियाँले बताए । २० वर्षभन्दा बढी उक्त उद्योगमा काम गरेका उनी धनपालथान गाउँपालिका–७ का वडा सदस्य पनि हुन् । उद्योगबाट आफूले  करिब सात लाख रुपैयाँ पाउन बाँकी रहेको उनले बताए ।

२०४९ सालबाट उद्योगमा काम गरेका हरिचरण रामले पनि करिब सात लाख रुपैयाँ पाउन बाँकी छ । उद्योगमा मेसिन अपरेटरको रुपमा काम गरेका उनले पारिश्रमिक माग गर्दै आन्दोलनमा उत्रिएको बताए ।

नयाँ व्यवस्थापनले उद्योग सञ्चालन गर्ने तयारी गरेपछि मियाँ र रामसहित ३७ जना मजदुरले उद्योगको गेटमा दैनिक धर्ना दिइरहेका छन् । मजदुरको  पारिश्रमिक भुक्तानी नगरी काम शुरु गर्ने तयारी गरेपछि आन्दोलन गरेको नेपाल ट्रेड युनियन कांग्रेस निकट  नेपाल कारखाना श्रमिक संघ मोरङका अध्यक्ष  श्रीप्रसाद साहले बताए । मजदुरको बाँकी रहेको भुक्तानी दिएपछि मात्रै उद्योग सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

उद्योगका नयाँ व्यवस्थापक मोहम्मद अख्तरले आन्दोलनरत पक्ष श्रम कार्यालयमा जानुपर्ने बताए । पुरानो दायित्वका विषयमा आफू जिम्मेवार नहुने भन्दै उनले उद्योग बैंक मार्फत उद्योगको संरचना र जमिन लिलाम गरेको बताए । ‘आन्दोलनरत मजदुर श्रम कार्यालय जानुपर्छ,’ उनले भने,‘ मजदुरको भुक्तानी कसले दिने भन्ने निर्णय श्रम कार्यालयले गर्नुपर्छ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 37
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis