Incident Reports

बालिका बलात्कारका आरोपित विरूद्ध जाहेरी l

2014-08-05

Madhes, Dhanusha, Chhireshwornath

Binod Kumar Rabidas धनुषा । ०७१ साउन २१ गते आठ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सिनुरजोडा-३ सोहनीका २५ वर्षीय विजय मण्डल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा साउन २० गते जाहेरी दर्ता भएको एसपी उत्तमराज सुवेदीले बताएका छन् । प्रहरीले आफ्ना प्रतिवेदनमा घटना समावेश गरिसकेको र पीडित पक्षले दिएको जाहेरीको सम्पूर्ण प्रक्रिया पूरा गरी मुद्दा दर्ता गरिएकोले एसपी सुवेदीले जानकारी दिए । पीडित पक्षले घटना भएकै दिन प्रहरीलाई जानकारी गराएपछि घटनाको आरोपित मण्डललाई सोही दिन राती गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिनन्दन चौधरीले बताए । बालिकालाई साउन १८ गते राती ९ बजेको समयमा आरोपित मण्डलले पीडितको घरमै बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयले किटानी जाहेरी दर्ता गरेको हो । पीडित बालिकाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको पीडित परिवारले जानकारी दिए । पीडित पक्ष दलित भएको घटना गुपचुप राख्न र गाउँमै मिलापत्र गर्न पीडित पक्षलाई दवाव आइरहेको बुझिएको छ । विनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis