Incident Reports

कराँते प्रशिक्षकले किशोरी ‘बलात्कार’ गरेको आरोप | Ratopati

2021-02-20

Madhes, Rautahat, Chandrapur

काठमाडौँको सतुंगलमा कराँते सिकाउने ‘गुरु’ले आफूसँग कराँते सिक्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । सतुंगल डोजोमा कराँते सिकाउने ३५ वर्षीय सागर शाहीले बलात्कार गरेको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुर गरेका छन् । 

किशोरीलाई प्रशिक्षक शाही र कराँते खेलाडी सन्देश बाँस्कोटाले रौतहटमा सामूहिक रूपमा पनि बलात्कार गरेको आरोप छ । १९ वर्षीय बाँस्कोटालाई काठमाडौँ प्रहरीले असोज १२ मा पक्राउ गरेको थियो । रौतहटको चन्द्रपुरमा आयोजित ‘मेयर कप राष्ट्रिय प्रतियोगिता–०७७’ मा सहभागी हुन जाँदा उनीहरूले सामूहिक रूपमा बलात्कार गरेका थिए ।

सन्देशलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको एसपी बस्नेतले बताए । ‘चन्द्रपुरमा २०७७ फागुन ८ मा दुईजनाले बलात्कार गरेको जाहेरी परेको छ,’ एसपी बस्नेतले भने–‘घटनाबारे हामी अनुसन्धान गरिरहेका छौँ ।’ ३५ वर्षीय सागर चाहिँ फरार छन् । काठमाडौँमा सागर शाहीले र चन्द्रपुरमा दुवैजना मिलेर सामूहिक बलात्कार गरेको किशोरीले प्रहरीलाई बताएकी छिन् 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments