Incident Reports

कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता – इन्सेक

2021-10-25

Madhes, Saptari, Bishnupur, Ward 1

बिष्णुपुर गाउँपालिका–१ स्थित जनता मावि खुरहुरियाका शिक्षक ३७ वर्षीय महेशकुमार यादवमाथि कुटपिट र दुव्र्यवहार गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–१ का २१ वर्षीय गौतमकुमार यादव, २६ वर्षीय पप्पु भनिने रमानन्द यादव र २८ वर्षीय सुनिलकुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले कात्तिक ८ गते अभद्र व्यवहारको उजुरी दर्ता गरेको छ ।विद्यालय सञ्चालन भइरहेका बेला कक्षा ११ मा भर्ना लिन आउनु भएका गौतमले छलफल भइरहेका बेला आक्रोशित भई गालीगलौज र दुव्र्यवहार गरेको पीडित महेशको आरोप छ ।

घटनापछि विद्यालयबाट फर्किरहेका बेला आरोपितहरुले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ ।आरोपितहरुविरुद्ध उजुरी दर्ता गरी खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports