Incident Reports

ललितपुरमा श्रीमतीमाथि मट्टितेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान पक्राउ

2021-10-28

Bagmati, Lalitpur, Godawari, Ward 4

ललितपुरमा श्रीमतीमाथि मट्टितेल खन्याएर आगो लगाएको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। गोदावरी नगरपालिका झरुबासीस्थित बिहीबार बिहान उदयपुर घर भएकी २७ वर्षीया मुना मगरमाथि मट्टितेल खन्याएर आगो लगाइएको हो। उनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। उनीमाथि आगो लगाएको आरोपमा प्रहरीले चापागाउँ घर भएका उनका २८ वर्षीय श्रीमान राजु देसारलाई पक्राउ गरेको छ। 'बिहान करिब ४ बजेतिर खबर आएको हो। उनीहरू झरूबासीमा कारखानामा बस्ने रहेछन्,' महर्जनले भने, 'श्रीमानले आफूमाथि मट्टितेल खन्याएर आगो लगाइदिएको भनेका छन्। श्रीमानले भने उनी आफैंले आगो लगाएको बताएका छन्।' घाइते भएकी मुनाको चिउँडोमुनिको भाग जलेको छ। अहिले उनी बोल्न सक्ने भएपनि अवस्था गम्भीर रहेको महर्जनले बताए। 'बोल्न सक्ने अवस्थामै हुनुहुन्छ। चिउँडोदेखि अगाडिको भाग जलेको भन्ने छ,' उनले भने। प्रहरीका अनुसार उनको ४० प्रतिशत शरिर जलेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments