Incident Reports

बोक्सीको आरोपमा कुटपिट | Nagarik News - Nepal Republic Media

2021-10-05

Province 1, Morang, Biratnagar, Ward 8

विराटनगर–८ की  एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ। चार जना पुरुष मिलेर महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको पीडितले बताएकी हुन्।

स्थानीय मुस्तकिम मियाँ, सगिर मियाँ, कविर मियाँ र हविबुल मियाँले महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको उनले बताइन्। बोक्सी आरोपमा कुटपिट गरेपछि प्रहरीमा उजुरी दिन जाँदा प्रहरीले उजुरी नै नलिएको ती महिलाले बताइन्।

उनले प्रहरीले उजुरी नलिएपछि हुलाकबाट उजुरी दिएको जानकारी दिइन्। पीडित महिलाले भने पीडक पहुँचवाला भएका कारण प्रहरीले पक्राउ गरेर कारबाही गर्ने भन्दा पनि मिल्न दबाब दिइरहेको बताइन्।

उनले भनिन्, ‘प्रहरीमा उजुरी दिएपनि कार्बाही प्रकृया अघि बढाउनुको साटो प्रहरीले नै मिल्न दबाब दिइरहेको छ।’ गत असोज १९ गते उनीमाथि बोक्सीको आरोपमा कुटपिट भएको थियो। हबिबुलका ४ वर्षीय नाती विरामी भएपछि उनलाई बोक्सी लागेको आरोपमा हबिब, उनका  दुई छोरा र ज्वाई मिलेर कुटपिट गरेको पीडित महिलाले बताइन्।

पाँच दिन अगाडि हुलाकबाट पठाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा पुगेको मोरङका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताए। तर, हुलाकबाट जाहेरी पठाए पनि पीडित सनाखतका लागि नगएका कारण कारबाही प्रक्रिया अघि बढाउन नसकिएको प्रवक्ता श्रेष्ठले स्पष्ट पारे।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments