Incident Reports

थाहा खबर: बोक्सी आरोपमा देवरभाउजू कुटिए, मलमूत्र कोच्याइयो

2021-10-28

Madhes, Mahottari, Aurahi, Ward 13

जनकपुरधाम : महोत्तरीमा बोक्साबोक्सी भएको आरोपमा देवरभाउजूलाई कुटपिट र दुर्व्यवहार गरिएको छ।प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय झप्सी ठाकुर र उनकी भाउजू ५५ वर्षीया सुनैना देवीलाई बिहीबार साँझ बोक्साबोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको हो।स्थानीयका अनुसार साँझ सवा ६ बजे ४० वर्षीया शीलादेवी मण्डल, उनका छोरा १६ वर्षीय रामउदेश मण्डल, ३५ वर्षीय दुखियादेवी र उनका छोरा १५ वर्षीय कृष्ण मण्डलले दुवैजनालाई कुटपिट गरी मलमूत्र खुवाएका हुन्।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दुवैजनालाई स्थानीयस्तरमा उपचारका लागि भर्ना गरेको छ।दशैँअघि शीलादेवीका श्रीमान् र रूपती सँगै बसेर मदिरा सेवन गरेको र सोही रात शीलादेवीका श्रीमान्‌को मृत्यु भएको थियो। त्यसपछि बिहीबार भएको मोटरसाइकल दुर्घटनामा शीलादेवीका छोरा रामउदेशको ज्यान गएपछि टुनामुना गरी मारेको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको प्रहरीले जनाएको छ।पीडित पुरुषको बायाँ आँखा र खुट्टामा चोट लागेको छ। घटनामा संलग्नमध्ये शीलादेवीलाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।उनले पीडितले दिएको जाहेरीका आधारमा घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गरिने बताए।पीडित र पक्राउ परेकालाई आज शुक्रवार जिल्ला प्रहरी कार्यालय (महोत्तरी) ल्याइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।यसअघि दशैँमा पनि बोक्सीकै आरोपमा एक महिलाको हत्या गरिएको थियो भने अर्कीलाई मलमूत्र कोच्याइएको थियो।

प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय झप्सी ठाकुर र उनकी भाउजू ५५ वर्षीया सुनैना देवीलाई बिहीबार साँझ बोक्साबोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको हो।

स्थानीयका अनुसार साँझ सवा ६ बजे ४० वर्षीया शीलादेवी मण्डल, उनका छोरा १६ वर्षीय रामउदेश मण्डल, ३५ वर्षीय दुखियादेवी र उनका छोरा १५ वर्षीय कृष्ण मण्डलले दुवैजनालाई कुटपिट गरी मलमूत्र खुवाएका हुन्।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दुवैजनालाई स्थानीयस्तरमा उपचारका लागि भर्ना गरेको छ।

दशैँअघि शीलादेवीका श्रीमान् र रूपती सँगै बसेर मदिरा सेवन गरेको र सोही रात शीलादेवीका श्रीमान्‌को मृत्यु भएको थियो। त्यसपछि बिहीबार भएको मोटरसाइकल दुर्घटनामा शीलादेवीका छोरा रामउदेशको ज्यान गएपछि टुनामुना गरी मारेको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको प्रहरीले जनाएको छ।

पीडित पुरुषको बायाँ आँखा र खुट्टामा चोट लागेको छ। घटनामा संलग्नमध्ये शीलादेवीलाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

उनले पीडितले दिएको जाहेरीका आधारमा घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गरिने बताए।

पीडित र पक्राउ परेकालाई आज शुक्रवार जिल्ला प्रहरी कार्यालय (महोत्तरी) ल्याइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

यसअघि दशैँमा पनि बोक्सीकै आरोपमा एक महिलाको हत्या गरिएको थियो भने अर्कीलाई मलमूत्र कोच्याइएको थियो।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments