Incident Reports

१९ वर्षीया युवतीलाई करणी गरेको आरोपमा एक जना पक्राउ – Online Khabar

2021-10-13

Madhes, Parsa, Birgunj

१२ कात्तिक, वीरगञ्ज। प्रहरीले १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-२१ बस्ने ३८ वर्षीय जाहिर अन्सारी रहेका छन् ।बारा घर भइ उच्च शिक्षाको लागि वीरगञ्जमा डेरा लिइ बस्दै आएकी १९ वर्षीया युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा उनलाई वीरगञ्‍जबाट पक्राउ गरेको हो ।

उच्च शिक्षाको लागि वीरगंज आएकी ती किशोरीलाई जाहिरले आफ्नो परिचय ढाँटी अविवाहित रहेको भन्दै झुक्यानमा पारी प्रेम सम्बन्ध गाँसी विवाह गर्ने प्रलोभन समेत देखाई २ वर्षदेखि वीरगंजका विभिन्न स्थानमा पटकपटक करणी गरी अश्लील फोटो र भिडियो खिची गत असोज २७ गते उक्त फोटो र भिडियो देखाई डरत्रास देखाई पुनः जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments