Incident Reports

कालापानीमा जनगणनाको माग राख्दै विप्लव कार्यकर्ताले गरे तालाबन्दी « News24 : Premium News Channel

2021-10-29

दार्चुला । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले यहाँस्थित जनगणना कार्यालयमा तालाबन्दी गरेका छन् ।शुक्रबार उनीहरुले कालापानी, लिपुलेक तथा लिम्पियाधुरामा समेत जनगणना गर्नुपर्ने माग राख्दैतालाबन्दी गरेका हुन् । यी भूमि लामो समयदेखि भारतको अतिक्रमणमा छन् ।शुक्रबार दिउँसो १ बजेतिर जनगणना कार्यालयमा पुगेका विप्लवका तीन जना कार्यकर्ताले तालाबन्दी गरेको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार नयाँ नक्सामा समेटिएको क्षेत्रमा जनगणना गर्नेबारे घाममा बसेर कुराकानी गरौ भनेर कर्मचारीहरुलाई बाहिर बोलाएको र लगत्तै कार्यालयमा ताला लगाइएको थियो । उनले भने, ‘एक जनाले हामीलाई अलमल्याउन कुरा गर्न थाल्यो, दुई जनाले कार्यालयमा ताला लगाए । अनि कार्यालयको बोर्डमा कालो झन्डा समेत पनि राखे ।’उनले यो खबर प्रहरीलाई गरेको र प्रहरी टोली आएर शुक्रबारै ताला तोडेको समेत बताए । तालाबन्दी गर्ने व्यक्तिहरूको खोजी भइरहेको जनाइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments