Incident Reports

छोराछोरीकै अघि ‘सामूहिक बलात्कार’- समाचार - कान्तिपुर समाचार

2021-10-19

Gandaki, Myagdi, Beni, Ward 5

म्याग्दी — बेनी–५ की २५ वर्षीया महिलाले छोराछोरीसहित घरमै सुतिरहेका बेला आफू बलात्कृत भएको बताएकी छन् । कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको ती महिलाको भनाइ छ । आरोपित तीनै युवक फरार छन् ।

पीडित महिलाका अनुसार राति स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले ढोका ढकढक्याउँदै बोलाए । उनले ढोका खोलिनन् । एक्कासि झ्याल फोडेर भित्र पसे । मदिराले लट्ठ ती युवकले छोराछोरीलाई कुटपिट गरे । ‘छोराको मुखमा सिरक राखेर उठ्न दिएनन्,’ उनले सुनाइन्, ‘मलाई अँठ्याएर पालैपालो बलात्कार गरे । होहल्ला गरे घरसँगै सबैलाई जलाएर मार्ने धम्की दिए ।’ घटनालगत्तै प्रहरीलाई खबर गरे पनि नआएको उनको भनाइ छ । बलात्कारमा संलग्न प्रवेश र प्रकाश दसैं मान्न सहरबाट गाउँ फर्किएका थिए । पीडित महिलाका श्रीमान् विदेशमा छन् । घटना सार्वजनिक भएपछि आरोपित बानियाँका बुबासहित अन्यले १ लाख रुपैयाँ दिएर घटना गुपचुप राख्न दबाब दिएको पीडित महिलाले बताइन् । विभिन्न प्रलोभन, डर, धाक, धम्की दिइए पनि पर्सिपल्ट कात्तिक ४ मा ती महिलाले जिल्ला प्रहरी कार्यालय पुगेर ३ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि मात्रै प्रहरी घटनास्थल पुगेको थियो । त्यतिबेलासम्म घटनामा संलग्न तीन जना नै मोबाइल बन्द गरेर फरार भइसकेका थिए ।

जाहेरी परेको एक साताभन्दा बढी भइसक्दासमेत प्रहरीले आरोपितको खोजीमा चासो नदिएको पीडित महिलाको आरोप छ । ‘सयौं दबाब र प्रलोभन झेल्दै किटानी जाहेरी दिएकी हुँ,’ पीडित महिलाले भनिन्, ‘अहिले पनि बयान फेर्न दबाब आइरहेको छ ।’ गाउँ फर्केर जान सक्ने अवस्था नरहेकाले उनलाई बेनीस्थित हिंसापीडित आश्रममा राखिएको छ । जिल्ला प्रहरी प्रमुख श्यामकुमार राईले फरार आरोपितको खोजी भइरहेको बताए । ‘पीडित पक्षलाई दबाब आइरहेको भन्ने सुनेका छौं,’ उनले भने, ‘बलात्कारजस्तो अपराधमा संलग्नलाई उम्कन दिन्नौं ।’

....update

म्याग्दी । बेनी ५, पुलाचौरमा भएको सामूहिक बलात्कार घटनाका फरार आरोपित ३ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पुलाचौरका १८ वर्षीय प्रवेश रामदाम, २२ वर्षीय प्रकाश रामदाम र २४ वर्षीय हितमेन बानियाँ छन् । १ जनालाई आइतबार रुपन्देहीबाट र २ जनालाई पोखराबाट पक्राउ गरी बेनी ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।

गत कात्तिक २ गते राति भएको बलात्कार घटनामा पीडितले ४ दिनपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । राति सुतिरहेको अवस्थामा ढोका फोडेर छिरेका ३ जनाले डरधम्की देखाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments