Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप – इन्सेक

2021-10-26

Madhes, Sarlahi, Hariwan, Ward 9

२९ वर्षीया महिलालाई कात्तिक १० गते हरिवन नपा–९ का सुकदेव कार्की र अन्य नाम थाहा नभएका व्यक्तिहरूले कुटपिट गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक ११ गते इलाका प्रहरी कार्यालय हरिवनमा लिखित उजुरी दिएपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप छ ।पीडित महिलालाई आरोपितले कात्तिक ३ गते उपचारमा सहयोग गर्ने भनी लगेकोमा कात्तिक ९ गते पीडित महिलालाई कार्कीका सहयोगीहरूले यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

कातिक १२ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कार्कीविरुद्ध उजुरी दर्ता गराउन गएपनि जिल्ला प्रहरी कार्यालयले पनि उजुरी दर्ता नगरेको पीडितका दाजूले इन्सेक प्रतिनिधिलाई बताए ।पीडित आठ वर्षदेखि मानसिक बिारामी भएकाले उपचारमा सहयोग गर्छौ भनी आरोपितहरूले लगेको पीडित पक्षले जनायो । कार्कीले भने झुठा आरोप लगाएको भनी आरोपलाई इन्कार गरेको प्रहरीले जनायो ।पीडितले कुनै उजुरी नै नल्याएको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अवधेश यादवले पीडितले उजुरी ल्याए अनुसन्धान गर्ने बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments