Incident Reports

प्रधानन्यायाधीशको राजीनामा माग्ने बारको निर्णयविरुद्ध सेतोपट्टी बाँधेर प्रदर्शन

2021-10-31

Bagmati, Kathmandu, Kathmandu

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएसनले धर्ना गरिरहेको वेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ। बारले राखेको राजीनामाको मागमा असहमति जनाउँदै उक्त समूहले प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरेको हो।

संवैधानिक प्रक्रियाविपरीत बलजफ्ती प्रधानन्यायाधीशको राजीनामा माग र सर्वोच्चका न्यायाधीशहरूको इजलास बहिष्कारप्रति उनीहरूले असहमति राखेका हुन्। बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरिरहँदा अर्को समूहले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको हो।बारका सबै मागप्रति सहमत नभएका केही कानुन व्यवसायीहरूले भने हातमा कालो र सेतो दुवैपट्टी बाँधेर प्रदर्शन गरिरहेका छन्।अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Labor organization, trade unions and other organizations based on economic demands
Actor 2 - Youth na
National/Online Media

0 Comments