Incident Reports

मादकपदार्थ सेवन गरी श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् घाइते

2021-10-30

Province 1, Solukhumbu, Khumbupasanglahmu, Ward 1

सोलुखुम्बुमा मादकपदार्थ सेवन गरेकी श्रीमतीले खुकुरी र हँसिया प्रहार गर्दा श्रीमान् घाइते भएका छन्। जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका– १ बुप्सानिवासी ४५ वर्षीय दातेन्जी शेर्पा आफ्नै ४० वर्षीया श्रीमती ल्हाक्पा दिकी शेर्पाको खुकुरी र हँसिया प्रहारबाट घाइते भएका हुन्।शनिबार साँझ करिब ५ बजेको समयमा मादकपदार्थ सेवन गरी घरायसी विवाद हुँदा उक्त घटना भएको अनुसन्धानका क्रममा खुलेको छ।

खुकुरी र हँसिया प्रहारबाट शेर्पाको दाहिने हातको कुम, खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल फाप्लुमा उपचाररत उनी खतरामुक्त रहेको बताइएको छ।निजकी श्रीमतीलाई आइतबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured n/a
National/Online Media

0 Comments

Related Reports