Incident Reports

सुनुवाइ रोक्ने न्यायाधीशको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) – देशसञ्चार

2021-11-01

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुले सुनुवाइ बहिष्कार गरेको विरोधमा माइतीघरमण्डलामा प्रदर्शन भएको छ ।

न्यायमूर्तिका रुपमा रहेको न्यायाधीशहरुले नै इजलास बहिष्कार गरेर न्यायसेवा कुण्ठित गरेको प्रदर्शनकारीहरुको भनाई छ । उनीहरुले तत्काल न्यायसेवा स्थापित गरिनु पर्ने माग गरेका छन् ।

‘न्यायपालिका माथिको हस्तक्षेप बन्द गर, सबैखाले गुटबन्दी अन्त्य गर’, ‘न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कस्ले दियो?’, ‘इजलासलाई खाली खाली, न्यायाधीशहरुले कहिलेसम्म गर्छन् राजनीति?’ सहितका नारा लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए ।

न्यायाधीशहरु आफ्नो जिम्मेवारी र कानुनी जिम्मेवारी भुलेर आफ्नो व्यक्तिगत स्वार्थमा लागेको उनीहरुको आरोप छ ।

प्रदर्शनकारीले न्याय सेवा तत्काल सुचारु गर्न माग गरे पनि विगत एक हप्तादेखि सर्वोच्च अदालतमा अधिकांश रुपमा सुनुवाइ हुन सकेको छैन।

सोमबारदेखि बन्दीको निवेदन बाहेक अरु नियमित मुद्दाहरुको सुनुवाइ रोकिएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments