Incident Reports

बुवाको हत्या गरी फरार छोरा पक्राउ | Nagarik News - Nepal Republic Media

2021-11-02

Lumbini, Kapilbastu, Bijayanagar, Ward 5

आफ्नो बुवाको हत्या गरी फरार रहेका झट्केलो छोरा पक्राउ परेका छन्। गत कार्तिक ४ गते आफनो बुवा शिवराज न.पा.–९ भगवानपुर बस्ने बर्ष ४२ को गोरे भन्ने चन्द्रबहादुर थापालाई हत्या गरी फरार रहेका अशोक भन्ने जयन पुनमगर पक्राउ परेका हुन्।अशोक र उनका साथी शिवराज नगरपालिका ९ भगवानपुरका किरण महराले कुटपिट गरी हत्या गरेका थिए। हत्या गरी उनीहरुले शवलाई बिजयनगर गाउपालिका वडा नं. ५ बनगाईस्थित पोखरीमा फालेर भागेका थिए।

पाखरीमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो। मृतकको पहिचान पछि खुलेको थियो। अशोकले आमालाई खान बस्न नदिएको भन्दै आफनो साथीसँग मिलेर मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।पक्राउ परेका दुबै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपी कारबाही प्रकृया अघि बढाइएको प्रहरी उपरिक्षक कार्कीले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports