Incident Reports

आक्रमण गराएको आरोपमा वडा अध्यक्ष पटेल पक्राउ

2021-11-07

Madhes, Parsa, Jagarnathpur

वीरगञ्ज, कात्र्तिक २१ गते । पर्सा प्रहरीले कुटपिट तथा सांघातिक आक्रमण गराएको आरोपमा एक जना वडा अध्यक्षलाई पक्राऊ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले पर्साको जगरनाथपुर गाउँपालिका ६ का वडा अध्यक्ष अयोध्या पटेललाई कुटपिट तथा सांघातिक आक्रमण गराएको आरोपमा ईलाका प्रहरी कार्यालय पोखरियाले पक्राऊ गरेको जानकारी दिनुभयो ।

व्यक्तिगत रिसिबिका कारण एक परिवारका तीन जनामाथि कुटपिट तथा सांघातिक आक्रमण गराएको पीडित पक्षले बताएको छ । प्रहरीले घटनामा संलग्न रहेका व्यक्तिहरुको खोजी भइरहेको र वडा अध्यक्षलाई पक्राऊ गरिएको जनाएको छ ।आक्रमणमा परी ऋषि पटेल, राज पटेल र लक्ष्मण पटेल घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका तीनै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक खनालले बताउनुभयो ।

वडा अध्यक्ष पटेलको निर्देशनमा बहुअर्वा र रामनगरीको बीच बाटोमा घेरा हाली दुई दाजुभाइलाई फलामको छडले आक्रमण गरिएको थाहा पाएपछि घटनास्थलमा पुगेका ऋषि र राजको बुवा लक्षमण पटेलमाथि पनि आक्रमण गरी हात भाचिदिएको पीडितका आफन्त कृष पटेलले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments

Related Reports