Incident Reports

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्न खोज्नेहरू पक्राउ

2021-11-08

Bagmati, Kathmandu, Kathmandu

२३ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारा बरालगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रधानन्यायाधीशको पक्षमा नारा लगाएका थिए ।

वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको थियो । अटेर गरेपछि उनीहरूलाई त्यहाँबाट नियन्त्रणमा लिएर बाहिर निकालेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Labor organization, trade unions and other organizations based on economic demands
Actor 2 - Youth na
National/Online Media

0 Comments