Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-07

Province 1, Sankhuwasabha, Bhotkhola, Ward 7

शारीरिक अपाङ्गता भएकी ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटखोला गाउँपालिका–७ का ७५ वर्षीय विप्पा भोटेलाई कात्तिक २२  गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २२ गते प्रहरी चौकी चेपुवामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई कात्तिक २२ गते चेपुवा नजिकैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर शुभेष अधिकारी इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र हटियामा कात्तिक २४ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments