Incident Reports

आमाछोरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ – देशसञ्चार

2021-11-11

Madhes, Parsa, Jirabhawani, Ward 1

वीरगञ्ज – आमाछोरीलाई जबर्जस्ती करणी गर्न खोजेका आरोपमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका–१ बस्ने १९ वर्षीय शेख सलाउद्दिन छन्सलाउद्दिनले बिहीबार दिउँसो ३८ वर्षीया आमा र उनकी २० वर्षकी छोरीलाई घरमै बसिरहेका बेला घरभित्र पसी जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ।

सलाउद्दिनसहित अन्य ६–७ जना व्यक्ति साथमा गई उनीहरूको घरमा गएर सलाउद्दिनले अन्य व्यक्तिलाई घरबाहिरै राखी सल च्यातेर छोरीलाई खाटमा लडाई जबर्जस्ती करणी गर्न खोज्दा आमाले प्रतिकार गरेकी थिइन्।उनको पनि सलाउद्दिनले ब्लाउज च्यातेर जबर्जस्ती करणी गर्न खोजेका थिए। पीडित परिवारका अन्य एक जना सदस्यसमेत आएर प्रतिकार गर्दा सलाउद्दिनले करणी गर्न नपाएको प्रहरीको भनाइ छ।

घटनासम्बन्धमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले सलाउद्दिनलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।पक्राउ परेका उनलाई जबर्जस्ती करणी उद्योग कसुरमा अनुसन्धान भइरहेको उनले बताए। साथै, घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिको खोजी भइरहेको खनालले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments