Incident Reports

पतिको कुटपिटबाट गम्भीर घाइते – इन्सेक

2021-11-11

Karnali, Surkhet, Gurbhakot, Ward 6

गुर्भाकोट नगरपालिका–६ रातमाटेकी २२ वर्षीया राधीका विकलाइ २२ वर्षीय पति कर्णबहादुर बस्यालले कात्तिक २५ गते कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् ।भेरीगङ्गा नगरपालिका काठेघाडी बस्ने बस्यालले पत्नीलाई कुटपिट गरेर फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कुटपिट गरेको जानकारी पाएलगत्तै प्रहरी चौकी मेहेलकुनाको टोलीले घाइते राधिकालाई मेहलकुना अस्पताल ल्याएको उहाँको भनाइ छ ।घाइतेलाई टाउको र ढाडमा धेरै चोट लागेको र प्राथमिक उपचार पछि थप उपचारका लागि २५ गते नै नेपालगञ्ज रिफर गरिएको मेहेलकुना अस्पतालका डाक्टर विवेक शाहले बताउनुभयो ।आरोपित बस्यालको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments