Incident Reports

जनकपुरमा झडप : ७ राउण्ड अश्रु ग्यास प्रहार, प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी - No. 1 news Portal of Mid Nepal…

2021-11-13

Madhes, Dhanusha, Janakpur, Ward 20

काठमाडौँ : धर्मको विषयलाई लिएर जनकपुरमा प्रहरी र दुई समूहबीच झडप भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार भएको छ ।झडपमा केही सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । उनले झडप पछिको स्थितिलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको बताए । झडपको अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषाले प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

भोलि राति १० बजेसम्म लागू हुने निषेधाज्ञा पूर्वमा जलाद नदीको कल्‌री बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म कायम रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Religious sectarianism
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Muslim
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Hindu
Actor 2 - Youth na
Total Injured n/a
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports