Incident Reports

भारतीय गाडीमा ढुंगा प्रहार गर्ने दुई युवक पक्राउ

2021-11-16

Province 1, Sunsari, Dharan, Ward 8

सुनसरी — एक भारतीय नम्बर प्लेटको सवारी साधनमा ढुंगामुडा गरेको आरोपमा प्रहरीले धरान–८ साम्पाङ चोकबाट दुईजनालाई पक्राउ गरेको छ ।

धरानको विभिन्न मठमन्दिर दर्शन गरेर भित्री सडक हुँदै इटहरीतर्फ फर्किरहेको भारतीय नम्बर प्लेटको कारमा दुईजनाले ढुंगा प्रहार गरेका थिए ।

प्रहरीले उनीहरूलाई नेक्रवित्रम चन्द समूहका कार्यकर्ता भएको हुनसक्ने भन्दै थप अनुसन्धान गरेको जनाएको छ । चन्द समूहले मूल्यवृद्धि विरुद्ध मंगलबार आह्वान गरेको बन्दको क्रममा यस्तो घटना हुँदा उनीहरू बन्दकर्ता हुनसक्ने बताइएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार दुई युवकले भारतीय गाडीको सीसा फुटाइदिएका थिए । उक्त गाडी इटहरीतर्फ फर्किसकेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments