Incident Reports

उदयपुरमा श्रीमानले गरे श्रीमतीको हत्या | Nagarik News - Nepal Republic Media

2021-11-16

Province 1, Udayapur, Sunkoshi, Ward 5

यहाँका एक वृद्धको धारिलो हतियार प्रहारबाट गएराति आफ्नै श्रीमतीको ज्यान गएको छ। मंगलबार राति साढे ११ बजे जिल्लाको लिमचुङबुङ गाउँपालिका ५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईको खुकुरी प्रहारबाट उनकै श्रीमती ५६ वर्षीया चतुरमाया राईको ज्यान गएको हो।

हतियार प्रहारले श्रीमतीको घट्नास्थलमै मृत्यु भएपछि वृद्ध आफैले पनि आफ्नो घाँटी रेटेर आत्महत्या गर्ने प्रयास गरिरहेका बेला परिवारजनले थाहा पाएर बचाएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी आएलगत्तै खटेको इलाका प्रहरी कार्यालय लिमचुङबुङका प्रहरी सहायक निरीक्षक नेतृत्वको टोलीले घट्नास्थल सुरक्षित राखेको छ।

टोलीले घाईतेलाई उपचारका लागि एम्बुलेन्समार्फत सदरमुकामस्जिथित जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताएका छन्। घट्नाबारे थप अनुन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षकको टोली घट्नास्थल पठाइएको उनले बताए।

बेलुका खाना खाएर सँगै सुतेका श्रीमान/श्रीमतीबीच के विषयमा झगडा भयो भन्नेबारे यकिन हुन नसकेको स्थानीय युवा मनराज राईले बताए। मृतक राईकी कान्छी श्रीमती भएको बताइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments