Incident Reports

बलात्कार प्रयासको आरोपमा एक गिरफ्तार l

2014-08-09

Province 1, Morang, Kerabari

Sukdev Chaudhary मोरङ । ०७१ साउन २५ गते केराबारी गाविस -९ का २८ वर्षीय सुर्जा ऋषिदेवलाई साउन २४ गते एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । गत साउन २३ गते घरमा कोही नभएको अवस्थामा ५ वर्षीया एक बालिकालाई ललाइफकाइ बलात्कार प्रयास गरेको आशङ्कामा अभिभावकले इलाका प्रहरी कार्यालय केराबारीमा उजुरी दिएका थिए । बालिकालाई सोही दिन कोशी अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । पीडितले दिएको उजुरीका आधारमा ऋषिदेवलाई गिरफ्तार गरेको प्रहरीले जनाए । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको इन्स्पेक्टर दुर्गा दाहालले जानकारी दिए । घटनाकोसम्बन्धमा थप अनुन्धान भइरहेको प्रहरीले जानकारी दिए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis